दफा २३
सम्बोधनको अधिकार
(१) कुनै मुद्दामा एक पक्षका तर्फबाट एक भन्दा बढी कानून व्यवसायीहरु रहेमा मुद्दा हेर्ने अधिकारीलाई सम्वोधन गर्ने अधिकार देहाय बमोजिमको प्राथमिकता क्रम अनुसार हुनेछ:
(क) एकै श्रेणीको कानून व्यवसायीहरु भए निजहरुले प्रमाणपत्र पाएको मितिको जेष्ठताको क्रम अनुसार, र
(ख) विभिन्न श्रेणीका कानून व्यवसायीहरु भए देहायको क्रम अनुसार:
(१) वरिष्ठ अधिवक्ता,
(२) अधिवक्ता, र
(३) अभिवक्ता ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा हेर्ने अधिकारी तथा प्राथमिकता क्रममा पहिले सम्वोधन गर्ने अधिकार प्राप्त कानून व्यवसायीको अनुमति लिई प्राथमिकता क्रममा पछि सम्बोधन गर्ने अधिकार भएको कानून व्यवसायीले पहिले सम्बोधन गर्न सक्नेछ ।
(३) कुनै मुद्दामा एकै पक्षका तर्फबाट एकभन्दा बढी एकै श्रेणीका र एकै मितिमा प्रमाणपत्र पाएका कानून व्यवसायीहरु रहेमा आपसमा मञ्जुर गरेको कुनै एक कानून व्यवसायीले पहिले सम्बोधन गर्न सक्नेछ ।
(२४) कानून व्यवसायीको विशेष सुविधा: (१) कुनै कानून व्यवसायीले कुनै मुद्दामा कुनै पक्षको तर्फबाट उपस्थित हुन, पैरवी गर्न तथा बहस गर्न जाँदा बाटोमा निजलाई कुनै देवानी मुद्दाको बिगो वा सजायको सम्वन्धमा पक्राउ गरिने छैन ।
(२) कुनै कानून व्यवसायीले बहसको सिलसिलामा बोलेको कुनै कुरालाई लिएर निज उपर कुनै प्रकारको गाली बेईज्जती मुद्दा चालउन सकिने छैन ।